२९ औं कुरियर दिवस मनाईयो

सुर्खेत । नेपाल कुरियर सेवा संघ कर्णाली प्रदेशले २९ औं कुरियर दिवस मनाएको छ ।
दिवसको अवसर पारेर संघले आज सुर्खेतको वीरेन्द्रनगर स्थित मंगलगढी चोकदेखि प्रभातफेरी निकालेर मानव सेवा आश्रम पुगेर सरसफाई कार्यक्रम गरेको हो ।
दिवसकै अवसर पारेर मानव सेवा आश्रममा आश्रित बृद्धबृद्धा तथा असाहयलाई फलफुल तथा जलपान वितरणसँगै नगद आर्थिक सहयोग समेत गरिएको संघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

उनले दिवसकै अवसरमा आपसी शुभकामना आदानप्रदान गर्नुका साथै कुरियर सेवालाई थप विश्वासिलो र भरपर्दो बनाउने बारेमा छलफल भएको बताए ।
कार्यक्रममा संघका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, उपाध्यक्ष अधिकारी, सचिव नमराज उपाध्याय, कोषाध्यक्ष टिकाराम जोशी तथा सदस्यहरु सम्राट खत्री र कमल अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए ।