नवलपुरमा ७ वटा मरेको गाई सहित २ जना नियन्त्रणमा
![](https://skynewsnepal.com.np/wp-content/uploads/2020/07/dddddd.jpg)
नवलपुर । पूर्वी नवलपरासीमा ७ वटा मरेका गाई सहित २ जना गाई तस्कर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको सर्दीबाट चोरमारा तर्फ ल्याउँदै गरेको अवस्थामा बा. प्र. ०१–०३–००१ च १३८६ नम्बरको पिकअप जिपमा ९ वटा गाई ल्याउँदै गरेको अवस्थामा २ जनालाई ईलाका प्रहरी कार्यालय दुम्किबासले नियन्त्रणमा लिएको हो ।
![](https://skynewsnepal.com.np/wp-content/uploads/2023/07/NTC_z163PmqsJl.gif)
पिकअपमा ९ वटा गाई खाँदाखाँद गरेर ल्याउने क्रममा ९ वटा मध्ये ७ वटा गाई मरेको र २ वटा गम्भीर अपस्थामा पुगेको अवस्थामा गाई, पिकअप र घटनामा सम्लग्न २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पिकअप चालक रौतहट जिल्लाको गजुरा ७ निवासी २८ बर्षीय गोजेन्द्र चौधरी र नवलपुरको मध्यविन्दु ८ निवासी ४० बर्षीय धुव्र कार्की रहेका छन् । प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरूले स्थानीय जातको गाई ल्याएको र प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू गाई तस्कर भएको खुलेको छ ।
घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।