मधेश प्रदेश सभा सदस्य विन्दुको निधन

काठमाडौं । मधेश प्रदेश सभाका सदस्य विन्दु यादवको आज निधन भएको छ । सर्लाही निवासी ४५ वर्षीया यादव दुई वर्षदेखि पाठेघरको क्यान्सरसँग लडिरहेकी थिइन् ।

तत्कालीन मधेशी जनअधिकार पार्टीको स्थापना कालदेखि नै राजनीतिमा सक्रिय यादव मधेशी, दलित, आदिवासी, जनजाति एवं महिलाका हक तथा अधिकारका लागि सङ्घर्ष गर्दै आइरहेकी थिइन् ।

उनले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत थिइन् । प्रदेश सभा सदस्य यादवको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि जनता समाजवादी पार्टीको जनकपुरधामस्थित प्रदेश कार्यालयमा राखिएको छ ।

Translate »