आज संविधान दिवस मनाइँदै


सुर्खेत । आज संविधान दिवस मनाइँदै छ ।
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि २०७२ असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान २०७२’ घोषणा भएको अवसरमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।

सरकारले आजदेखि ३ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।
यता कर्णालीमा संविधान दिवसकै अवसरमा संविधान दिवस मूल समारोह समितिले आज विहान ७ बजे सुर्खेतको वीरेन्द्रनगर स्थित मंगलगढीचोकदेखि र्यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको बताएको छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गर्ने कार्यक्रम भव्यरुपमा मनाईनेछ ।

