सुर्खेत कारागारका २१ कैदीबन्दीको कैद मिनाहा


सुर्खेत । सुर्खेत कारागारमा कैदीबन्दी जीवन विताईरहेका २१ जना कैदैबन्दीको कैद मिनाहा भएको छ ।
संविधान दिवसको अवसर पारेर सरकारले ५ महिला र १६ जना पुरुष गरी २१ जना केन्दीबन्दीको कैद मिनाहा गरेको हो । ५० प्रतिशत कैद भुक्तान गरेका १९ जना र ४० प्रतिशत कैदभुक्तान गरेका २ जनासहित कुल २१ जना कैदीबन्दी छुटेको कारागार कार्यालय सुर्खेतका सूचना अधिकारी भुवन गौतमले जानकारी दिए ।

उनले कैद मिनाहा पाउनेमा नकबजनी चोरी, बहुविवाह, डाँकाचोरी, कुटपिट अंगभंग, चोरी, कत्वर्यज्यान, सवारी ज्यान र पशुपंक्षी सम्बन्धि मुद्धाका कैदीबन्दी गरेको बताए ।
सुर्खेत कारागारमा सय जना कैदबन्दी अट्ने क्षमता भएपनि ३७ महिलासहित ३ सय ६४ जना कैदीबन्दी हाल रहेका छन् । अझैपनि कानून अभावले कारागारमा ४ जना आश्रित बालबालिका समेत रहेको सूचना अधिकारी गौतमले जानकारी दिए ।

