आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता शुरु

काठमाण्डौं । सरकार र आन्दोलनरत शिक्षकहरूबीच वार्ता शुरु भएको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ तथा शिक्षक महासङ्घका प्रतिनिधिबीच गृह मन्त्रालयमा वार्ता शुरु भइरहेको हो ।

वार्तामा विभिन्न मन्त्रालयका सचिव पनि रहेका छन् । यस्तै शिक्षक महासङ्घको तर्फबाट महासङ्घकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका प्रतिनिधि सहभागी छन् ।

यसअघि आज बिहान पनि गृह मन्त्रालयमा वार्ता भएको थियो । तर निष्कर्ष निस्किएको थिएन । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सडक आन्दोलन छाड्न आग्रह गरे पनि शिक्षकहरूले माग पूरा नभएसम्म आन्दोलन नछाड्ने अडान लिएका छन् ।

विधेयकमा असन्तुष्टि जनाउँदै बुधबारदेखि देशभरका शिक्षकहरु काठमाडौंकेन्द्रित सडक आन्दोलनमा छन् । त्यसको कारण बिहीबार देशभरका २७ हजार सार्वजनिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।

Translate »