निःशुल्क शोधपत्र, लेख रचनाका लागि मप विश्वविद्यालय र ज्ञान बजार वीच सम्झौता


सुर्खेत । अनुसन्धानमुलक शोधपत्र, लेख तथा रचनाहरुको अन्तरविश्वविद्यालय पहुँच बृद्धिका लागि मध्यपश्चिम विश्वविद्यालय र ज्ञान बजार अनलाईन प्रालि वीच सम्झौंता भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहको उपस्थितिमा विश्वविद्यालयका रजिष्ट्रार नारायणप्रसाद पौडेल र ज्ञान बजार अनलाईन प्रालिका अध्यक्ष ऋतिकबाबु श्रेष्ठ वीच सुर्खेतमा आयोजित एक कार्यक्रमका वीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति सिंहले सम्झौता पश्चात नेपाली अनुसन्धानकर्ता, प्राध्यापक तथा विद्यार्थीहरुले आफुलाई अध्ययनका लागि आवश्यक पर्ने शोध पत्र एवं लेख÷रचनाहरु ज्ञान बजार अनलाईन पोर्टल मार्फत निःशुल्क रुपमा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा ग्र्याजुएट स्कुल अफ म्यानेजमेन्टका डीन प्रा. डा. दीपबहादुर रावल, हुम्यानिटिज एण्ड सोसल साइन्सेजका डीन लिलाधर तिवारी, स्कुल अफ एजुकेशनका डीन यमबहादुर कार्की, स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सुदीप ठकुरी, योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक चन्द्रप्रसाद रिजाल, पाठ्यक्रम विकास निर्देशनालयका कार्यकारी निर्देशक बीरबहादुर पौडेल, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख नरेन्द्रप्रकाश साउद, प्राचार्य जसबिर रोकालगायतको सहभागिता रहेको थियो ।


