सुर्खेतको प्रशान्ति बृद्धाश्रमलाई दुई लाख राशीको पुरस्कार


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित प्रशान्ति बृद्धाश्रमलाई यस वर्षको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट पुरस्कृत भएको छ ।
लामो समयदेखि ज्येष्ठ नागरिकलाई आश्रय, भोजन तथा स्वास्थ्य उपचार सेवा दिँदै आएको सुर्खेतको वीरेन्द्रनगर–३ स्थित प्रशान्ति वृद्धाश्रमलाई दुई लाख राशिको रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कारबाट सम्मान गरिएको हो ।
मानवताको भलाईका लागि उल्लेखनिय कार्य गरेको भन्दै रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले यस वर्षको पुरस्कार प्रशान्ति वृद्धाश्रमलाई प्रदान गरेको छ ।

कोषले वृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष शीतलसिंह राठोरलाई समेत सम्मान गरेको छ । यस्तै, १–१ लाख राशिका रामबाबु–ज्ञानु समाजसेवी पुरस्कारबाट अन्य ३ संस्था पुरस्कृत भएका छन् ।
पुरस्कृत हुनेमा काठमाडौंको तारकेश्वर–७, स्थित नवजीवन परोपकार समाज, तारकेश्वर–३ को मातृ नेपाल अपांग संघद्वारा सञ्चालित बालगृह र कैलालीको धनगढी–१ स्थित दृष्टि फाउन्डेसन रहेका छन् ।
उक्त पुरस्कार ज्येष्ठ नागरिक अभियन्ता गौरीशंकरलाल दासले प्रदान गरेका हुन् ।


