भीरबाट लडेर एक जनाको मृत्यु


सल्यान । सल्यानमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ अम्राका अन्दाजी ४५ वर्षीय दीपक कामीको मृत्यु भएको हो । वडा न १ बालुवासंग्रही स्थित बांगिरह नजिकै मंगलबार बिहान भैँसीलाई काट्न गएका कामीको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए । उनी भीरबाट झन्डै ३० मिटर तल खसेका थिए । घटनास्थलमा प्रहरी पुगेको र आवश्यक कारबाही अघि बढाएको प्रहरीको भनाई छ ।