एयरपोर्ट विस्तारमा ४ करोड बजेट, तर जग्गा अधिग्रहण बिना असम्भव

जुम्ला । कर्णालीकै व्यस्त तथा यात्रुको बढी चाप हुने जुम्ला विमानस्थल विस्तारका लागि वर्षौँपछि बजेट विनियोजन भएपनि जग्गा अधिग्रहण बिना विस्तार असम्भव देखिएको छ ।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेसँगै जुम्ला विमानस्थल स्तरबृद्धिको बाटो खुलेको हो । यद्यपि विमानस्थल विस्तार चाडै नै हुनेमा जुम्ली नागरिक ढुक्क छैनन् । गत वर्ष २०७९र८० मा विमानस्थल विस्तारका लागि विनियोजित १ करोड बजेट खर्च नभएर फ्रिज भएको थियो ।

चालु आव २०८०÷८१ म अर्थ मन्त्रालयले ४ करोड ४२ लाख ४७ हजार ७८७ रुपैयाँ विनियोजन गरेसँगै विमानस्थल विस्तार आशा जागेको छ । ६७० मिटर लम्बाई,२० मिटर चौडाई भएको धावनमार्गमा विभिन्न समयमा ठुलो दुर्घटना भइसकेका छन् । २०७५ सालमा नेपालगन्जबाट उडेको तारा एयरको विमान जुम्ला विमानस्थलको धावनमार्गमै दुर्घटना भएपछि एयरपोर्ट विस्तारको बहस चर्को रुपमा चलेको हो ।

तर पाँच वर्षपछि विमानस्थल विस्तारका लागि ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपैयाँ विनियोजन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतबार अर्थ मन्त्रालय मार्फत विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकोले आवश्यक समन्वय गर्नका जुम्ला नागरिक उड्डयन कार्यालयलाई निर्देशन दिएको छ ।

हाल विनियोजित ४ करोड ४२ लाख बजेट बाट धावन मार्ग विस्तार,जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण र अप्रोनदेखि जहाज सम्म जाने बाटो ९टयाक्सी वय० लगायतका संरचना निर्माण हुने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले बताउनुभयो । तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएकोले विस्तारमा समस्या देखिन्छ ।

उनले भने ,‘जग्गा अधिग्रहण भएपछि मात्रै सोचेजस्तो विमानस्थल विस्तार हुन्छ । जग्गानै छैन कहाँ विस्तार गर्ने रु कहाँ संरचना बनाउने रु अहिलेकै संरचनामा के विस्तार गर्ने त्यसैले चाडै जग्गा अधिग्रहणको लागि बजेट विनियोजन भएपछि मात्रै विमानस्थल विस्तारमा सहज हुने देखिन्छ ।’

जग्गा अधिग्रहण नगरी विस्तार सम्भव छैन । त्यसैले चाँडो भन्दा चाँडो जग्गा अधिग्रहणको लागि बजेट व्यवस्थापन भए काम अघि बढ्ने विमानस्थल प्रमुख अधिकारीले उल्लेख गरे ।

जुम्लाकी सांसद छिरिङ ल्यामु लामा तामाङले बेग्र प्रतीक्षापछि जुम्ला विमानस्थल विस्तारको बाटो खुलेको बताउनुभयो । सबैको साँझा प्रयासमा चालु आवमा कार्यान्वयन हुने गरी ४ करोड ४२ लाख बजेट विनियोजित गराउन सफल भएको उनको भनाई छ । यद्यपि, आफूले सांसद पदको शपथ खाएसँगै विमानस्थल विस्तारका लागि बजेट जुटाउन पहल गर्दै आएको उहाँको दाबी छ ।

सांसद लामाले भनिन,“विकास ढिलो चाँडो हुन्छ । निरन्तर पहल गरे सम्भव छ । लामो प्रयासपछि जुम्ला एयरपोर्टमा गत वर्षभन्दा ३ करोड बढी बजेट आयो । यो अपेक्षाकृत होइन । अब जग्गा अधिग्रहणको लागि बजेट व्यवस्थापनमा जुट्ने छु ।” यता सांसद कान्तिका सेजुवालले पनि आफु विमानस्थल विस्तारको लागि बजेट जुटाउन लामो समयदेखि लागिरहेको बताउँछन् ।

जग्गा अधिग्रहणका लागि बजेट छैन

जुम्ला विमानस्थलको धावन मार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्ने तयारी छ । प्राधिकरणले पत्र समेत पठाई सकेको छ । तर बजेट नपठाएका कारण जग्गा अधिग्रहणको काम अघि बढ्न सकेको छैन । जुम्ला विमानस्थलको लागि १८४।२४ रोपनी अधिग्रहण गर्नुपर्ने छ ।

जसमा ३५० मिटर पूर्वतिर र पश्चिमतिर ९२ मिटर जग्गा अधिग्रहण गर्ने तयारी छ । त्यसका लागि ४८ करोड बजेट आवश्यक पर्ने अनुमान छ । तर अर्थ मन्त्रालयले ४ करोड ४२ लाख विमानस्थल विस्तारका लागि विनियोजन गर्दा जग्गा अधिग्रहणका लागि भने बजेट छुटाएको छैन ।

जग्गा अधिग्रहणको लागि बजेट जुटाउन अर्थमन्त्रीदेखि क्यानका डिजीलाई समेत निरन्तर हारगुहार गरिरहेको जुम्लाकै सांसद कान्तिका सेजुवालले बताएका छन् । जग्गा अधिग्रहणका लागि चालु आवमा न्यूनतम २० करोड छुटाईन दिन माग गरेको उनको भनाई छ । यद्यपि, हाल सम्म जग्गा अधिग्रहणका लागि बजेट आएको छैन । जग्गा अधिग्रहण नगरी विमानस्थल विस्तार हुन नसक्ने देखिन्छ ।

जग्गा अधिग्रहण नभएकै कारण गत वर्ष पनि विनियोजित बजेट खर्च नभएर फिर्ता भएको हो । यद्यपि,सरकारले जग्गा अधिग्रहणको लागि समयमै बजेट विनियोजन नगरेको खण्डमा ४ करोड ४२ लाख रकम पनि फिर्ता हुने देखिन्छ । त्यसैले बजेट व्यवस्थापनमा सांसद देखि स्थानीय नेताको दबाब जरुरी रहेको समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए । (रेडियो नेपाल)

Translate »