रामघाटमा वातावरणको एकाई बैठक सम्पन्न


असोज १६, सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८, सुर्खेतको एक्काइसौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सुर्खेतको मेहेलकुना, लेकवेशी र भेरीगंगा क्षेत्रमा रहेका सदस्यहरुको उपस्थितिमा रामघाटमा वार्षिक साधारण सभा अन्तर्गत एकाई नं.३ को एकाई बैठक सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा भेरीगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष जयबहादुर नेपालीले राज्यको तीन खम्बे अर्थ नीतिको एक महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारीहरुहरुले राज्यको आर्थिक विकासलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले वातावरणले पनि यस क्षेत्रमा आफ्नो जिम्मेवारी सफलताका साथ पुरा गरिरहेको जनाए ।


त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले सदस्यहरुलाई उद्यमी बन्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सदस्यहरु पनि संस्थाबाट ऋण कारोबार गरेर व्यावसायिक एवं उत्पादनमुखी हुनु पर्नेमा जोड दिए ।
संस्था संचालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न एक्काईसौं वार्षिक साधारण सभाको एकाई बैठकले संस्थाका प्रवन्धक श्यामलाल न्यौपानेले पेश गरेको संस्थाको चालु आ.व. २०८०/०८१ को ७ अर्व, ८१ करोड, ५२ लाख, ८० हजार, ४ सय ३२ रुपैयाँ ७२ पैसाको संशोधित र आगामी आ.व. २०८१/०८२ को ९ अर्व, २५ करोड, १८ लाख, १० हजार, ४ सय ३२ रुपैयाँ ७२ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको संस्थाका वरिष्ठ प्रवन्धक किरण बस्नेतले जानकारी दिए ।


