सल्यानमा एक महिला आफ्नै घरको भकारी भित्र मृत फेला

सल्यान । सल्यानमा एक जना महिला आफ्नै घर भित्र मृत फेला परेकी छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ खार्वनकी ४९ वर्षीया गणेशी रोका बिहीबार साँझ आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत भेटिएकी हुन् ।

मृतक गणेशी असोज १५ गते बेलुकादेखि घरबाट हराएको भनेर परिवारले बताउँदै आएका थिए । तीनदिनसम्म उनी कतै सम्पर्कमा नआएपछि गाउँलेहरूले खोजिकार्य थालेका थिए ।

बिहीबार गाउँलेहरू मृतकको घरमा जम्मा भएको बेला घरभित्र शव गन्ध आएको थाहा पाएपछि खोज्दा भकारी भित्र शव भेटिए पछि प्रहरीलाई स्थानीयले खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो ।

घटना शङ्कास्पद रहेको र प्रहरीले अनुसन्धान थालेको श्रेष्ठको भनाई छ । शवको सल्यान जिल्ला अस्पतालमा पोस्टमार्टममा लागि राखिएको छ ।

Translate »