आफै‌ले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु

डोल्पा । आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा डोल्पामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको ठुलिभेरी नगरपालिका ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा आफैले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का २४ बर्षिय लक्की थापा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

शनिबार राती साडे नौ बजेतिर घटना भएको र घटनाको बिषयमा प्रहरीले अनुसन्धान सुरु गरेको डिएसपी बुढाथोकीले बताए ।

Translate »