डोल्पामा पनि नागरिक उन्मुक्तिको संगठन विस्तार

डोल्पा । हिमाली जिल्ला डोल्पामा नागरिक उन्मुक्ति पार्टीले संगठन विस्तार गरेको छ । नागरिक उन्मुक्ति पार्टीका नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा जिल्ला कार्य समिति गठन गरिएको हो ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्म चौधरीसहित डोल्पा पुगेका चौधरीले जुद्धबहादुर कार्कीको संयोजकत्वमा २५ सदस्यीय समावेशी जिल्ला कार्य समिति गठन गरिएको जानकारी दिए ।

डोल्पा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबमा प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

डोल्पामा नागरिक उन्मुक्ति पार्टीको विजारोपण भइसकेकाले अब बलियो पार्टी बन्दै जाने संयोजक कार्कीले बताए । संगठन विस्तारका लागि शनिबार हवाइजहाजमा डोल्पा पुगेका चौधरी सोमबार फर्किने बताइएको छ ।

Translate »