नेपालगन्जबाट ५ थान कस्तुरीको बिना बरामद

नेपालगन्ज । नेपालगन्जबाट सशस्त्र प्रहरीले ५ थान कस्तुरीको बिना बरामद गरेको छ । नेपालगन्जको जमुनाहास्थित सशस्त्र प्रहरीको प्रस्तावित भन्सार गुल्म जमुनाहाले बिहीबार भारतबाट नेपाल ल्याउँदै गरिएको अवस्थामा कस्तुरीको बिना बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

जमुनाहा भन्सारमा चेकजाँचका क्रममा एक जना व्यक्तिको झोलामा ५ थान कस्तुरीको बिना फेला परेको हो । बिना बोकेका ती व्यक्ति भने फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
बरामद गरिएको ८१ ग्राम तौलको ५ थान कस्तुरीको बिनालाई डिभिजन वन कार्यालय नेपालगन्ज बुझाएको छ । उक्त कस्तुरीको बिनालाई आवश्यक जाँचका लागि वन कार्यालयले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार पठाएको जानकारी दिएको छ ।