नवनियुक्त मन्त्रीहरूको शपथ पौने ६ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

नवनियुक्त मन्त्रीहरुको आजै साँझ पौने ६ः०० बजे राष्ट्रपति कार्यालयमा शपथ ग्रहण हुँदैछ । नेपाली काँग्रेससहितको सत्ता गठबन्धन तोडेर नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले सोमबार तीन जनालाई विना विभागीय मन्त्री नियुक्त गरिसकेका छन् ।

आज विस्तार हुने मन्त्रीपरिषद्दमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलका तर्फबाट सहभागी हुनेछन् । मन्त्रीहरूका कार्यविभाजन यसप्रकार छ ।

एमाले

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि

बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ

शक्ति बस्नेत, उर्जा

रेखा शर्मा, सञ्चार

हितबहादुर तामाङ, पर्यटन

रास्वपा

रवि लामिछाने, उपप्रधान तथा गृह

डीपी अर्याल, श्रम

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

सुमना श्रेष्ठ, शिक्षा

Translate »