आज चैत १० गते शनिबारको राशिफल

राशिफल :– तपाईंको आजको दिन कस्तो रहनेछ  ?

मेष – दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । माया प्रेम बढ्ने समय छ । लगानीका क्षेत्रमा फाइदा हुनेछ । शिक्षामा सफलता प्राप्त होला । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । परिवारमा खुशी मिल्ने दिन छ ।

वृष – समय सामान्य छ । यात्रामा सचेत बन्नु राम्रो हुन्छ । तीव्र सवारी नकुदाउनु राम्रो हुन्छ । प्रेम सम्बन्धमा खटपट हुने जोखिम छ । ठुलो लगानी नगरेको राम्रो हुन्छ ।

मिथुन – दिन राम्रो छ । रोकिएको काम बन्नेछ । लामो यात्राको योग छ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानी राम्रो हुनेछ । परिवारले साथ दिनेछन् ।

कर्कट – समय राम्रो छ । सांस्कृतिक र धार्मिक कार्यमा मन जानेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह – दिन राम्रो छ । अप्ठेरो अवस्थामा उचित निर्णय लिनुपर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारमा खुशी मिल्नेछ । तपाईंको बोलीको प्रभाव बढ्नेछ । शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ ।


कन्या – दैनिकी सामान्य छ । बजारको खानपानमा रमाउँदै गर्दा सचेत हुनुपर्ने देखिन्छ । यात्रा जोखिम हुनसक्छ । आफन्तसँगको भेटले मन भने खुशी हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

तुला – समय राम्रो छ। तपाईंको कामको चर्चा हुनेछ । श्रमको मूल्य प्राप्त हुनेछ । सोचेका काम गर्दा फाइदा हुन्छ । तपाईंको बोलीबाट धेरै मानिस प्रभावित हुनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृश्चिक – दिन सामान्य छ । नयाँ लुगामा बढी खर्च हुनेछ । सामान हराउने जोखिम रहेकाले सचेत भएको राम्रो हुन्छ । अभिभावकको माया प्राप्त हुनेछ । आफूभन्दा ठुलाले सहयोग गर्ने दिन छ ।

धनु – दिन राम्रो छ । काम गरेर अरुलाई लोभ्याउनुपर्ने समय छ । अतिथि बनेर सम्मान प्राप्त हुनसक्छ । सामाजिक क्षेत्रमा मान बढ्नेछ । साथीभाइको साथ र सहयोग रहन्छ ।

मकर – दिन सामान्य छ । आज अधिकारका लागि आन्दोलन गर्नुपर्ने दिन हो । यात्रा सफल हुनेछ । धार्मिक कार्यमा मन जानेछ । परिवारको मायाले काम गर्ने परिस्थिति बन्नेछ ।

कुम्भ – साथीसँगको भेट रमाइलो हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मनमा उत्साह बढ्नेछ । इष्ट मित्रहरु दाहिना छन् । तपाईंको लगानीबाट फाइदा हुनेछ ।

मीन – नयाँ ज्ञानको अवसरका लागि ढोका खुल्नेछ । प्रेम सम्बन्ध सुमधुर हुनेछ । परिवारको साथ मिल्नेछ । मन खुशी हुनेछ । शिक्षाको लगानीमा फाइदा हुनेछ ।

Translate »