आज चैत १४ गते बुधबारको राशिफल

राशिफल :– तपाईको आजको दिन कस्तो रहनेछ ?
मेष – दिन राम्रो छ। घुमफिरको अवसर प्राप्त हुनेछ । मनमा शान्ति मिल्नेछ । सामाजिक सम्मान प्राप्त हुनेछ । व्यवसायमा फाइदा हुनेछ ।
वृष – व्यापारमा लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक सेवाको क्षेत्रमा सम्मान मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । परिवारसँगको सहयात्रा रमाइलो बन्नेछ ।
मिथुन – शेयरमा फाइदा हुनेछ । नसोचेका व्यक्तिले सहयोग गर्ने योग छ । शिक्षा क्षेत्रको लगानीबाट नाम र दाम प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा फाइदा हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीले उत्साह मिल्नेछ ।
कर्कट – अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ । विरोधका आवाज लगातार सुन्नुपर्ने हुनसक्छ । व्यापार व्यवसायमा सरकारको आँखा लाग्नसक्छ ।
सिंह – शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । खानपानमा ख्याल नगरे जटिल स्वास्थ्य समस्या देखिनसक्छ । व्यावसायमा आदर्श व्यक्तिसँग संगत हुनसक्छ ।

कन्या – दैनिकी राम्रो छ । घरजग्गाको कारोबार राम्रो बन्नेछ । विद्यामा उन्नति हुनेछ । आर्थिक क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
तुला – सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । धन कमाउने बाटो खुल्नेछ । परिवारको साथ रहनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक – दिन राम्रो छैन । जेसुकै गरे पनि काम नबन्ने जोखिम हुन्छ । धेरै मानिससँगको असन्तुष्टिमै दिन जानेछ । सञ्चित धन खर्च हुनेछ । आफन्तसँग भेट हुनेछ । व्यापार र लगानीमा हात नहाल्नु राम्रो हुन्छ ।
धनु – शुभकार्यमा सहभागी हुने मौका मिल्नेछ । साथीसँगको यात्रा रमाइलो होला । खर्च बढ्ने योग रहेको छ । मित्रबाट सहयोग मिल्नेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ ।
मकर – नयाँ ज्ञानको अवसर मिल्नेछ । साथीको सहयोग रहनेछ । वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । समाजसेवामा मन जानेछ ।
कुम्भ – प्रेम सम्बन्ध कसिलो बन्नेछ । लगानी भए शिक्षामा सफलता, स्वास्थ्यमा लाभ मिल्नेछ । व्यापारमा आम्दानी हुनेछ । अधिकारका लागि गरेको संघर्ष सफल हुनेछ ।
मीन – साथीले असहयोग गर्ने दिन छ । सहयोगी भन्दा विरोधी धेरै छन् । यात्रामा सचेत हुनु राम्रो हुन्छ । सामान हराउने खतरा भएकाले विशेष ख्याल गर्नुपर्ने हुनसक्छ ।