आज चैत १८ गते आइतबारको राशिफल

राशिफल  : तपाईको आजको दिन कस्तो रहनेछ  ?

मेष – निर्णय गर्नुअघि विवेक प्रयोग गर्नुपर्ने दिन छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ । विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ । हरेक काममा परिवारको सहयोग मिल्नेछ ।

वृष – यात्रा सुखद् र रमाइलो हुनेछ । साथीबाट सहयोग मिल्नेछ । खानपानमा सचेत हुनु फाइदा हुन्छ । परिवारबाट राम्रो साथ मिल्नेछ । व्यापार र वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुन्छ ।

मिथुन – सिर्जनात्मक बन्ने दिन छ । नयाँ ठाउँको घुमघाम रमाइलो हुनेछ । धर्ममा मन जानेछ । नयाँ साथीसँगको भेटले रमाइलो अनुभूति हुनसक्छ । व्यापारी साथी सकारात्मक छन् । परिवारको साथ प्राप्त हुनेछ।

कर्कट – यात्रा फलदायी हुनेछ । साथीहरुले सहयोग गर्नेछन् । परिवारसँगको सम्बन्ध कसिलो हुने दिन छ । शिक्षाको क्षेत्रमा उन्नति हुनेछ ।

सिंह – शिक्षा भन्दा राजनीतिक क्षेत्रमा मान प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा भने आलोचनाको जोखिम छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । कर्म क्षेत्रमा संघर्ष गर्नुपर्ने देखिन्छ ।

कन्या – परिश्रमको फल प्राप्त हुनेछ । कर्म क्षेत्रमा राम्रो प्रभाव रहने छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोग रहनेछ ।

तुला – प्रतिस्पर्धामा सफलता हात लाग्नेछ । शिक्षा र रोजगारीका क्षेत्रमा लाभ हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला ।

वृश्चिक – सम्भावनाका ढोका खुल्ने दिन छ । अवसर अगाडि देखेपछि मन खुशी हुनेछ । रमाइलो यात्राको योग छ । आफ्नो क्षेत्रमा बोलीको प्रभाव रहने छ । परिवारको प्रेम निरन्तर रहनेछ ।

धनु – तपाईंले गरेको कामको चर्चा हुनेछ । आफ्नो जिद्धिपनलाई कम गर्नु राम्रो हुन्छ । कर्मको फल प्राप्त गर्न सहज हुनेछ । बोलीको प्रभाव रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर – रमाइलो यात्राको योग छ । यात्रामा भएको निर्णयले ठुलो फाइदा हुनेछ । शिक्षा क्षेत्रमा प्रगति हुनेछ । कामममा तपाईको मूल्यांकन हुनेछ । परिवारको माया प्राप्त हुनेछ ।

कुम्भ – विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक कार्यमा मन जानेछ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने दिन छ ।

मीन – समय राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ । झुक्याउने साथीसँग सचेत हुनुपर्छ । सहयोग गर्ने साथीको संख्या पनि उत्तिकै छ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ ।

Translate »