२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

कर्णालीमा ‘लगानी कम्पनी’ स्थापनाका लागि छलफल शुरु



सुर्खेत । सुर्खेतमा कर्णालीका उद्यमी व्यवसायीहरुको सहभागितामा ‘लगानी कम्पनी’ स्थापनाका लागि छलफल शुरु गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कणाली प्रदेशले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘लगानी कम्पनी स्थापना’ सम्बन्धि छलफल कार्यक्रममा कर्णाली प्रदेश स्तरीय लगानी कम्पनी स्थापना गर्ने उद्देश्यले उद्यमी व्यवसायीहरुको सहभागितामा छलफल अघि बढाईएको हो ।

छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले सरकारी ऐन, नियम र कानूनको परिधि भित्र रहेर प्रदेशका सर्वसाधारणसँगै उद्यमी, व्यवसायीहरुको सहभागितामा ‘लगानी कम्पनी’ स्थापना गरिने जानकारी दिए ।

उनले उक्त कम्पनी मार्फत जम्मा पूँँजीलाई मुनाफा सुनिश्चित हुने प्रदेश तथा देशका विभिन्न परियोजनामा लगानी गरिने बताए । जुनसुकै व्यक्तिीले ‘लगानी कम्पनी’ मा न्यूनतम् दुई लाख रुपैयाँ भन्दा माथिको शेयर खरिद गर्न सकिने प्रावधान राखिने उनको भनाइ छ ।

उनले ९९ जना भन्दा बढी शेयर धनी पुगेपछि सबैलाई समेट्नका लागि अर्को कम्पनी स्थापना गरिने बताए । अध्यक्ष शाहीले महासंघकै अगुवाइमा संघीय स्तरको अधिकृत पूँजी १० अर्ब रहने गरी लगानी कम्पनी काठमाडौं समेत स्थापना गर्न लागिएको जानकारी दिए ।

यता कर्णाली प्रदेश सरकारको योजना आयोगले समेत आउँदो बैशाख १९ र २० गते ‘कर्णाली लगानी सम्मेलन’ को आयोजना गरेको छ । उक्त सम्मेलनबाट समेत यहाँका उद्योगी, व्यवसायीहरुलाई ‘लगानी कम्पनी’ स्थापनाका लागि थप मार्ग चित्र स्पष्ट हुने अपेक्षा राखिएको छ ।

प्रकाशित मिति : २०८० चैत १८ गते आइतबार
Translate »