आज चैत २३ गते शुक्रबारको राशिफल
राशिफल :- तपाईको आजको दिन कस्तो रहनेछ ?
मेष : – अवसरले तपाईलाई खोज्ने दिन छ । लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक रोजगारमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ ।
वृष: – नयाँ सवारी साधन जोड्ने दिन छ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले भोज र भतेरमा ख्याल गर्नुपर्छ । परिवारको सहयोग मिल्नेछ ।
मिथुन: – लामो समयदेखि गुमेको धन हात लाग्नेछ । शिक्षामा सफलता मिल्नेछ । स्वास्थ्यमा जोखिम देखिन्छ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । धार्मिक कार्यमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट: – सचेत भएर काम गर्नुपर्ने दिन छ । कुरा काट्नेहरु सक्रिय छन् । सामाजिक क्षेत्रमा विवाद हुनसक्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सहयोग सकारात्मक रहनेछ ।
सिंह: – नयाँ कामको सुरुवात हुनेछ । आर्थिक क्षेत्रमा फाइदा हुनेछ । परोपकारको अवसर मिल्नेछ । वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ । परिवारको साथ राम्रो रहनेछ ।
कन्या: – साथीले सहयोग गर्नेछन् । कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । गुरुको साथ रहनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
तुला: – मेहनतको फल प्राप्त हुने योग छ । आफूखुशी शिक्षामा गरेको लगानीबाट उपलब्धि हात लाग्नेछ । वैदेशिक लगानीबाट नाफा हुनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । रोगको चपेटामा पर्ने योग रहेकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ ।
वृश्चिक: – यात्रामा सामान हराउने जोखिम हुनसक्छ । दाजुभाइ र इष्टमित्र भन्दा अन्य साथीले सहयोग गर्नेछन् । लगानीका क्षेत्रमा विवाद हुने भएकाले ठुलो खर्च नगर्नु राम्रो हुन्छ ।
धनु :– आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । लगानी गर्ने दिन आएको छ । स्वदेशमा रोजगारीको सम्भावना देखिन्छ । पारिवारको साथ, सहयोग र स्नेह राम्रो हुनेछ ।
मकर: – मन मिल्ने साथीको सुझाव मान्नु राम्रो हुन्छ । लगानीको क्षेत्रमा फाइदा हुनेछ । रोकिएको काम बन्नेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ :– व्यापार व्यवसायमा फाइदा हुनेछ । थोरै बोलेर जित्ने काम गर्नुपर्ने देखिन्छ । यात्रा सफल हुनेछ । मेहनतको फल खाने दिन छ ।
मीन: – अभिभावकको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुन्छ । खर्च बढ्ने दिन छ । साथीले सहयोग गर्नेछन् । सामाजिक क्षेत्रमा सम्मान होला । परिवारको साथ र सहयोग रहने योग छ ।