डोल्पामा आगलागी नियन्त्रणका क्रममा घाइते दुई सैनिकको मृत्यु

काठमाडौँ । गत २५ गते डोल्पाको ठुलीभेरी नगरपालिका–४ तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणका क्रममा घाइते भएका दुई सैनिकको मृत्यु भएको छ ।

आगो नियन्त्रणका क्रममा गम्भीर घाइते भएका दुई सैनिकको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।

नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा आगो नियन्त्रणका लागि सदरमुकाम सुरक्षा गुल्मबाट गएका चार सैनिक घाइते भएको र एक सैनिकको डोल्पा जिल्ला अस्पतालमा निधन भएको जनाइएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएका गम्भीर घाइते तीनमध्ये दुई सैनिकको मृत्यु भएको हो । एक जनाको उपचार भइरहेको छ।

Translate »