कर्णालीका आठ जिल्लामा टेलिकमको एफटीटीएच सेवा पुग्यो

सुर्खेत । नेपाल टेलिकमले कर्णालीका आठ जिल्लामा तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ । कर्णालीका मुगु र हुम्लाबाहेक सबै जिल्लामा एफटीटीएच सेवा पुगेको नेपाल टेलिकम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ।

टेलिकम कर्णाली प्रादेशिक कार्यालयका निर्देशक उमेशप्रसाद साहका अनुसार मुगुमा हाल जडान कार्य भइरहेको र हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको छ । उनले विभिन्न चुनौतीका वावजुद पनि निकट भविष्यमै मुगु र हुम्लामा एफटीटीएच सेवा पुर्‍याउने कार्य जारी राखिएको बताए ।

‘टेलिकमले अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटीटीएच) कर्णालीका आठ जिल्लामा पु¥याई सकेको छ,’ उनले भने, ‘सूचना तथा प्रविधिको युगमा निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा पुग्नु सरकारको दायित्व बुझेर आफुहरु विभिन्न चुनौतीका वावजुद पनि बाँकी जिल्लामा एफटीटीएच पु¥याउने कार्यलाई निरन्तरता दिईरहेका छौं ।’

सेवा विस्तार, गुणस्तर र सुरक्षा महत्वपूर्ण पाटो रहेको उल्लेख गर्दै उनले आउँदो वर्ष भित्रै कर्णाली दश वटै जिल्लामा एफटीटीएच सेवा पु¥याउने दावी गरे ।

‘कर्णालीमा अहिलेपनि विद्युत अभावमा ५४ प्रतिशत सेवा सोलारको भरमा रहेकाले सेवा प्रवाहमा समस्या भएपनि प्रभावकारी सेवामा विशेष ध्यान दिएका छौं,’ उनले भने, ‘छरिएर रहेको कर्णालीका बस्ती–बस्तीमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराएर नागरिकको सूचनाको चाहनालाई पुरा गराउन टेलिकम प्रतिबद्ध छ ।’

उनले सेवाको पहुँचसँगै सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउँदै कर्णालीमा छिट्टै सञ्चार प्रविधिमा फड्को मार्ने गरी दिर्घकालिन योजना बनाईएको जानकारी दिनु भयो ।

‘कर्णालीमा जुन गतिमा विद्युतीकरण कार्यलाई सरकारले अघि बढाउँछ, त्यो भन्दा दुई कमद अगाडि नेपाल टेलिकमले आफ्नो सेवा विस्तारसँगै गुणस्तरीय र भरपर्दो बनाउन हामी जुटिरहेका छौं,’ उनले भने, ‘कतिपय अवस्थामा विद्युतीकरणको अभाव र सोलारका मात्रै भर पर्दा टेलिकमको सेवा गुणस्तरीय सेवामा केही समस्या रहेपनि वैकल्पिक प्रविधिको प्रयोग गरेरै भएपनि इन्टरनेट सेवा पु¥याउँ छौंं ।’

डिजिटल कर्णाली निर्माणमा इन्टरनेट आधारभूत सेवा भएकाले समस्याहरु भएपनि ती समाधान गर्न सबै पक्षको पहलकदमी भने बहुत जरुरी रहेको उनको भनाइ छ ।

Translate »