२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाउने भारतको निर्णय, नेपाली भान्सामा कस्तो असर गर्ला ?



आर्थिक अभियान /काठमाडौं । भारत सरकारले आज (शनिवार) देखि लागू हुने गरी प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाउने भएको छ ।  साथै, अघि जारी गरेको बिल अफ एन्ट्रीले कभर गरेको पहेंलो मटरको आयातमा भन्सार छुट आगामी अक्टोवर सम्मलाई थप गरेको छ। ३१ मार्च २०२५ सम्मका लागि देशी चनाको आयातमा भन्सार छुट पनि दिएको छ ।

भारतीय अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै  प्याज निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको हो । सरकारले भारतका मित्र राष्ट्रहरू युएई र बंगलादेशमा निश्चित मात्रा प्याज निर्यातकोअनुमति दिएको जनाइएको छ।

गत वर्ष अगस्टमा पनि भारतले ३१ डिसेम्बर २०२३ सम्म प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएको थियो। यसरि भारतले निर्यातमा शुल्क बढाउँदा प्याजमा भारतसंग आश्रित रहेको नेपाली बजारमा समेत यसको असर पर्ने देखिएको छ ।

प्रकाशित मिति : २०८१ वैशाख २३ गते आइतबार
Translate »