

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा २ सिफ्टमा काम गरिने घोषणा गरेको छ । सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा २ सिफ्टमा काम गरिने घोषणा गरेको हो ।
त्यस्तै, कुनैपनि आयोजना शुरूभए पछि उक्त अवधिभर आयोजना प्रमुखलाइ सरूवा नगर्ने नीति ल्याइने बताएको छ । विकास आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नका लागि आयोजना अवधिभर आयोजना प्रमुखको सरूवा नगर्ने मापदण्ड बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै त्यसका लागि मापदण्ड बनाएर कार्यान्वयनमा ल्याउने र आन्तरिक प्रतिस्पर्धाबाट आयोजना प्रमुख छनोट गरिने बताएका हुन् ।
प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार











