केसीले जितिन् मिस नेपालको ताज

काठमाडौं । मिस नेपाल २०२४ को ताज आश्माकुमारी केसीले जितेकी छन् । शनिबार काठमाडौंमा सम्पन्न ग्रान्ड फिनालेमा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले मिस नेपाल वर्ल्ड २०२४ को उपाधि जितेकी हुन् ।

त्यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि करुणा रावतले जितिन् भने मिस नेपाल अर्थको उपाधि सुमना केसी जितिन् । यस वर्ष २६ जना सुन्दरीहरू प्रतियोगितामा सहभागी थिए ।

Translate »