२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार रेकर्ड बनाएको सुनको भाउ मंगलबार एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यो मूल्य सोमबारको तुलनामा प्रतितोला २ हजार ३ सय रुपैयाँले कमी हो । महासंघले सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कायम गरेको थियो । महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै स्थानीय बजारमा पनि मूल्य घटेको हो ।

‘डलरमा आएको मजबुदसँगै अन्तर्राष्ट्रिय बजारमा सुन बिक्रीमा आएको छ, त्यही कारण पनि मूल्य घटेको देखिन्छ।अर्को कारण अमेरिकामा ब‍ेरोजगार बढेको छ, मुनाफा असुली गर्न सुन बेचे,’ शाक्यले भने, ‘मुख्यत यही कारण अर्न्तराष्ट्रिय बजारमा सुनको भाउ एकैदिन प्रतिऔंस ४४ अमेरिकी डलरले घटेको छ ।’

शाक्यका अनुसार सोमबार मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २४सय ५५ डलरमा कारोबार भइराखेको थियो । मंगलबार मूल्य निर्धारण गर्दा प्रतिऔंस २४ सय ११ डलर रहेको शाक्यले बताए ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार
Translate »