क्रिस्टियानो रोनाल्डोको नयाँ युट्युब च्यानलले बनायो रेकर्ड, ९० मिनेटमा १० लाख सब्सक्राइबर

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको नयाँ युट्युब च्यानल ‘यूआर’ले नयाँ कीर्तिमान कायम गरेको छ । लन्च भएको ९० मिनेटभित्रै च्यानलले १० लाख सब्सक्राइबर पार गर्दै रेकर्ड बनाएको हो ।

फोर्ब्सका अनुसार कुनै पनि युट्युब च्यानलले सबैभन्दा छिटो यो उपलब्धि हासिल गरेको छ ।


यो समाचार तयार पार्दासम्म च्यानलमा १ करोड ५१ लाखभन्दा बढी सब्सक्राइबर पुगिसकेका छन् । उक्त च्यानलमा १९ भिडियो अपलोड गरिएका छन् ।

सामाजिक सञ्जालमा सर्वकालिक महान फुटबल खेलाडीमध्ये एक क्रिस्टियानो रोनाल्डोका अनुयायी धेरै छन् ।

रोनाल्डोले भनेका छन्, ‘मलाई सामाजिक सञ्जालमा प्रशंसकहरूसँग यति बलियो सम्बन्ध राख्न सधैं रमाइलो लाग्छ । र, मेरो युट्युब च्यानलले मलाई त्यसो गर्न अझ ठूलो प्लेटफर्म दिनेछ । उनीहरू (प्रशंसकहरू)ले मेरो र परिवारको बारेमा र धेरै विषयहरूमा मेरो विचारबारे थप सिक्नेछन् ।’ फाइनान्सियलएक्सप्रेसबडटकमबाट

Translate »