उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार

काठमाडौं । सरकारले निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरूलाई पुरस्कृत गर्ने भएको छ। वर्षभरीको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा कर्मचारीहरूलाई सरकारले पुरस्कृत गर्न लागेको हो ।

यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जस अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार गर्ने १० जना कर्मचारीमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव (प्राविधिक) रामचन्द्र दंगाल, नेपाल सरकारका सहसचिव एवम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका सचिव शंकरबहादुर केसी रहेका छन् ।


 

Translate »