सुर्खेतको विकास निमार्णका क्रममा देखिएका समस्या छिट्टै समाधान हुन्छ : प्रधानमन्त्री ओली
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलाीले सुर्खेत आसपासका क्षेत्रको विकास निर्माण क्रममा उत्पन्न समस्याको समाधानप्रति आफु गम्भिर रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा सुर्खेत उद्योग वाणिज्य संघको एक टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले विकास निर्माणका क्रममा देखिएका समस्याहरुको समाधान अब छिट्टै गरिने प्रतिवद्धता जनाएका हुन् ।
उनले संघको मापपत्र ग्रहण गर्दै यसअघि नै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले समेत आफुलाई सुर्खेत आसपासका क्षेत्रको विकास निर्माणका क्रममा देखा परेका समस्या बारे जानकारी दिईसकाले सम्बन्धित मन्त्रालयसँग जोडिएका विषयलाई छिट्टै हल गर्न निर्देशन दिने बचन दिए ।
संघको माग पत्रमा सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार, कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रसारण लाईन विस्तारका क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको रुख कटानको समस्या र सुकुम्बासीको दीर्घकालिन समस्या समाधान लगायतका मुख्य माग रहेका छन् ।
प्रधानमन्त्रीलाई माग पत्र बुझाउन सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल र नेपाल युवा उद्यमी मञ्चका उपाध्यक्ष कल्पना बिष्टलगायतको टोली सहभागि थियो ।