२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

घरेलु महासंघ सिम्ताको अध्यक्षमा सिंह



जामुने बजार । नेपाल घरेलु तथा साना उद्योग महासंघ सिम्ता गाउँ कार्य समितिको अध्यक्षमा वीरेन्द्रसिंह ठकुरी निर्वाचित भएका छन् ।

पूर्वी सुर्खेत अन्तर्गत सिम्ता गाउँपालिकाको जामुने बजारमा आज सम्पन्न घरेलु महासंघ सिम्ता गाउँकार्य समितिको तेस्रो अधिवेशनले ठकुरीलाई अध्यक्षमा सर्वसम्र्मत निर्वाचित गरेको हो ।

महासंघ सिम्ता गाउँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर बस्नेत, उपाध्यक्ष जीतबहादुर सोनी, महासचिव भूपेन्द्र केसी, कोषाध्यक्ष प्रमिसा पुन तथा सदस्यमा मनिसरा सिंजाली, गंगा पुन, दुर्पता सिंजाली, वीरसिंह वादी, निमा कुमारी बुढा, शेरबहादुर थापा र भवि थापा निर्वाचित भएका छन् ।

गाउँ कार्य समितिको तेस्रो अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेशका संयोजक आकाश तारा बयकले घरेलु तथा साना उद्यमको विकासका लागि स्थानीय उत्पादनको प्रवद्र्धनका लागि पालिकाहरुले दिर्घकालिन योजना बनाउन आवश्यक रहेको औल्याए । उनले वस्तु उत्पादनको लागत घटाउन कच्चा पदार्थ संकलन तथा निर्माणमा तीनै तहका सरकारहरुको सहयोग आवश्यक रहेको बताए ।

अधिवेशनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगि, उपाध्यक्ष पविलाल पोखरेल तथा सिम्ता गाउँ कार्यसमितिका निवर्तमान अध्यक्ष डिलबहादुर खत्रीले घरेलु तथा साना उद्योगको विकासका लागि उद्यमीलाई संगठित गर्दै योजनावद्ध ढंगले अघि बढ्न आवश्यक रहेको बताए ।

उनीहरुले उद्यमीहरु नै संगठित नहुँदा राज्यले दिने लाभको समुचित वितरण हुने नसकेको औल्याए । उद्यमीका नाममा विचौलियाहरुले राज्यबाट पाउने लाभ विभिन्न बाहाना बनाई रजाई गरिरहेको उनीहरुको भनाइ थियो ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार
Translate »