भूमि समस्या समाधान आयोगको अध्यक्षमा प्यूठानका हरिप्रसाद रिजाल

काठमाडौं । भूमि समस्या समाधान आयोगको अध्यक्षमा प्युठानका हरिप्रसाद रिजालले जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो ।

भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ३ को उपदफा (१) को खण्ड (क), (ख) र खण्ड (ग) बमोजिम भूमि समस्या समाधान आयोग गठन गरिएको छ ।

भूमि समस्या समाधान आयोगका अध्यक्ष रिजाल प्युठानको नौबहिनी गाउँपालिका वडा नम्बर ६ का बासिन्दा हुन् । उपाध्यक्षमा सनतकुमार कार्की नियुक्त भएका छन् । उनी भेरी नगरपालिका वडा नम्बर ४ जाजरकोटका बासिन्दा हुन् ।

सदस्यहरूमा गुञ्जनबहादुर खड्का, बर्दिवास नगरपालिका वडा नम्बर २, महोत्तरीस अनिलकृष्ण प्रसाई, गौरादह नगरपालिका वडा नम्बर ६, झापा, विज्ञ सदस्य डा. जगतबहादुर बस्नेत, मेलम्ची नगरपालिका वडा नम्बर ६, सिन्धुपाल्चोक र टेकबहादुर शाह, धनगढी नगरपालिका वडा नम्बर ५, कैलाली रहेका छन् ।

गोवर्द्धन कोली, महाकाली नगरपालिका वडा नम्बर ७, दार्चुला दलित सदस्य रहेका छन् भने महिला सदस्यमा भिमाद नगरपालिका वडा नम्बर ७ तनहुँकी आरती भण्डारी रहेकी छन् ।

Translate »