२०८३ असोज ९ , शुक्रबार
Sky News Nepal
September 25, 2026

नेपाल घरेलु तथा साना उद्योग गाउँमहासंघ चिङगाडको अध्यक्षमा तिलक परियार



मटेला । नेपाल घरेलु तथा साना उद्योग गाउँमहासंघ चिङगाडको अध्यक्षमा तिलक परियार निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न नेपाल घरेलु तथा साना उद्योग गाउँमहासंघ चिङगाडको तेस्रो गाउँअधिवेशनले परियारलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जंगबहानुर नेपाली, उपाध्यक्ष खगिसरा परियार, महासचिव चन्द्रलाल जैसी, कोषाध्यक्ष लालबहादुर दमाई तथा सदस्यहरुमा चन्द्रबहादुर राना र पूजा चन्दलाई निर्वाचित गरेको छ ।

त्यस्तै अधिवेशनले जिल्ला प्रतिनिधिमा बालदेवी शर्मा र नहकुल जिसीलाई निर्वाचित गरेको छ ।

कार्यक्रममा चिङगाड गाउँपालिका–३ नम्वरका वडाध्यक्ष वीरबहादुर जिसी, नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश उपाध्यक्ष वीरबहादुर नेपाली, नेपाल घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगी, उपाध्यक्ष पविलाल पोखरेल, महासचिव राधा श्रेष्ठ र जिल्ला कार्यसमिति सदस्य ओमप्रसाद शर्मालगायतले नवनिर्वाचित कार्य समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार
Translate »