७ जिल्लामा सिडिओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन गर्दै सुरक्षा तथा समन्वय महाशाखामा कार्यरत ऋषिरम तिवारीलाई काठमाडौंको सिडिओमा खटाएको छ ।

विवादास्पद बनेका सिडिओ जयनारायण आचार्यलाई मन्त्रालय तानेपछि तिवारीलाई यो जिम्मेवारी दिइएको हो ।

त्यस्तै, मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईलाई गृह मन्त्रालय सरुवा गरी उनका ठाउँमा इन्द्रदेव यादवलाई पठाइएको छ। झापामा भने गोपाल अधिकारी सर्लाहीबाट सरुवा भई पुगेका छन् । अधिकारीले झापाका सिडिओ बन्धुप्रसाद बाँस्तोलाको ठाउँ लिएका हुन्, जसलाई गृह मन्त्रालय तानिएको छ ।

सर्लाहीमा तुलसीबहादुर श्रेष्ठलाई पठाइएको छ, जो यसअघि ललितपुरका सिडिओ थिए । सुनसरीमा कैलालीका धर्मेन्द्रकुमार मिश्र पुगेका छन् भने कैलालीमा गृह मन्त्रालयका आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख गोगनबहादुर हमाल खटिएका छन् । झापा जाने तयारी गरेका हमाल कैलाली पुगेका हुन् ।

यसैगरी, काठमाडौं चाहेका सुनसरीका सिडिओ गृह मन्त्रालय तानिएका छन् । सल्यानका प्रमुख जिल्ला अधिकारी पनि गृह मन्त्रालय सरुवा भएका छन् ।

Translate »