सालकोटमा पाँच दिवसीय आवासिय पुर्नःर्ताजगी शिविर सम्पन्न

सुर्खेत । पतञ्जली योग समिति कर्णाली प्रदेशको आयोजनामा प्रदेश स्तरीय पाँच दिवसीय आवासिय पुर्नःर्ताजगी शिविर सम्पन्न भएको छ ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२, शिवशक्तिधाम सालकोट स्थित शिविरको प्रतिनिधि सभा सदस्य हृदयराम थानीको प्रमुख आतिथ्यतता तथा पतञ्जली योग समिति कर्णाली प्रदेश सह–संयोजक जयबहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य देबेन्द्रबहादुर शाही, पञ्चपुरी नगरप्रमुख लालवीर भण्डारी, पञ्चपुरी नगरपालिका सुर्खेतका वडाध्यक्ष यामबहादुर बिसी, बलबहादुर रोकाय, नगेन्द्रबहादुर शाहीलगायत विभिन्न धार्मिक तथा सामाजिक संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पाँच दिवसीय योग साधना शिबिर कार्यक्रममा कर्णाली प्रदेशका दस जिल्लाबाट योग शिक्षकहरुको उपस्थिति रहेको थियो । शिविरमा प्रमुख प्रशिक्षकका रुपमा पतञ्जली योग समिति नेपालका राष्ट्रिय प्रभारी लवदेब मिश्र, केन्द्रिय सदस्य लोकनाथ खनाल रहेका थिए । विवेशना साधना शिविर माघ २० गतेसम्म सञ्चालन भएको समाजसेवी तिलकराम अधिकारीले जानकारी दिए ।

Translate »