ढिस्कोले पुरिएर महिलाको मृत्यु

मुगु । मुगुको खतेड गाउँपालिका–११, रिखियाँ गाउँ नजिकै बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

स्थानीयहरूका अनुसार, शुक्रबार बिहान बालुवा निकाल्ने क्रममा ढिस्को खस्दा अन्दाजी ६१ वर्षीया महिला कोइर्या शाही गम्भीर घाइते भएकी थिइन् । तत्काल उद्दार गरेर उनलाई उपचारका लागि कोल्टी लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको बताइएको छ ।
खतेड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीका अनुसार, घटनास्थलमा स्थानीयले तत्काल उद्दार प्रयास गरे पनि गम्भीर चोट लागेका कारण उनलाई बचाउन सम्भव नभएको बताए ।