कर्मचारी युनियन सुर्खेतको अध्यक्षमा पल्लीमगर

सुर्खेत । नेपाल निजामती कर्मचारी युनियन सुर्खेतको अध्यक्षमा धर्मवीर पल्ली मगर निर्वाचित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न नवौ जिल्ला अधिवेशनले पल्ली मगरलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

जिल्ला कार्य समितिको उपाध्यक्षमा (खुला) देवबहादुर नेपाली, (महिला) प्रतिमा थानी र (समावेशी) रिमाकुमारी कँडेल, सचिव महेशकुमार थापा, सह–सचिव लोमनकेशर खनाल, कोषाध्यक्ष तपबहादुर बुढा तथा सदस्यहरुमा नरेन्द्रबहादुर हमाल, चक्रबहादुर केसी, रामबहादुर बुढा, प्रेमप्रकाश चपाई, मानबहादुर बस्नेत, दण्डमाणी सुवेदी, सुरेशबहादुर कार्की, मधु रेग्मी, पुष्पा आचार्य शर्मा, दिनेश विश्वकर्मा र खेमसिंह ठकुरी निर्वाचित भएका छन् ।

अधिवेशनबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सिताकुमारी खत्री गिरी, विष्णुकुमारी गुरुङ, शुशिलकुमार केसी, द्रोणदेव वन, काशीराम भट्टराई, नन्दराम चौलागाई र मेघनाथ शाही चयन भएका छन् ।

त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिमा गणेशकुमार थापा, राजिमान बुढा, घनबहादुर बुढा, देवीकुमारी राना, वीरेन्द्र पुन, विवेकजंग शाही र चतुर्भुज गौतम चयन भएको नेपाल निजामती कर्मचारी युनियन सुर्खेतका निवर्तमान अध्यक्ष गणेशकुमार थापाले स्काई न्यूजलाई जानकारी दिए ।

Translate »