रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

मुगु । रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज बिहान लेक लागेर मृत्यु भएको हो ।

जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भएपछि चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए । चेकजाँचक्रममा शरीरमा अक्सिजनको मात्रमा कम देखिएपछि अस्पतालमा भर्ना गरी सघन उपचार गर्न चिकित्सकले सुझाव दिएपनि विश्वकर्माले नमानेको अस्पताल प्रशाासनले जनाएको छ ।

चेकजाँच पछि सल्लेरी फर्किएका विश्वकर्मा सोमबार बिहान ६ बजेतिर उनका साथीहरुले एम्बुलेन्समा राखेर अस्पताल पु¥याएका थिए । तर, उनको मृत्यु बाटो मै भईसकेको चिकित्सक शाहीले जानकारी दिए ।

उनका अनुसार भुवन विश्वकर्मालाई मोटोपनसँगै दमको दीर्घरोगी भएकाले हिमपात भएको बेला चिसो मौसममा उच्च हिमाली भूभागमा अक्सिजनको कमीको कारण लेख लागेर काडियो प्रमोनरी एरेष्ट हुँदा उनको मृत्यु हुन गएको हो । आइतबार मात्र मृतक विश्वकर्मासहित २५ जनाको टोली रारा घुम्न रारा ताल क्षेत्रमा पुगेको थियो ।

Translate »