कोहलपुर गोल्डकप : आयोजक रेसिङ साहारा क्लब फाइनलमा प्रवेश

बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकपमा कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ ।

बुधबार प्लानिङ व्वाईज युनाइटेड क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । दोस्रो हाफको ४७औं मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६औं मिनेटमा प्लानिङ व्वाईज युनाइटेड क्लब,काठमाडौं ओम प्रकाश चौधरीले बराबरी गोल फर्काए ।

निर्धारित समयमा ११ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्लानिङलाई ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । आयोजक कोहलपुर रेसिङ साहारा क्लबको यो दोस्रो जित हो । समूह चरणको पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई हराएको थियो ।

खेलको म्यान द म्याच कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे । शेषलाई नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले नगदसहित ट्रफी हस्तान्तरण गरेका थिए ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपैयाँ र द्वितीय हुने टिमले चार लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्नेछ ।

 

Translate »