घरेलु तथा साना उद्योग वीरेन्द्रनगरको अध्यक्षमा आचार्य निर्वाचित

सुर्खेत । घरेलु तथा साना उद्योग जिल्ला संघ वीरेन्द्रनगरको अध्यक्षमा झुमकलि आचार्य निर्वाचित भएकी छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न घरेलु तथा साना उद्योगको प्रथम नगर अधिवेशनबाट आचार्य सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । अधिवेशनले उपाध्यक्षमा डम्वर बस्याल, सचिव लक्ष्मीकुमारी उपाध्याय, कोषाध्यक्ष कमला चौधरीलाई निर्वाचित गरेको छ ।

त्यस्तै अधिवेशनले सदस्यहरुमा प्रतिमा कार्की, लिला सिजापति, भावना पुन मगर, हिरालाल भण्डारी, हेमबहादुर वली, गणेशकुमार वली र ललि सिजाली मगरलाई निर्वाचित गरेको हो ।
नवनिर्विाचित कार्यसमितिलाई घरेलु तथा साना उद्योगका वरिष्ठ उद्यमी हरिशचन्द्र चलाउने, सुमननाथ योगि, सुर्खेत जिल्ला अध्यक्ष गिताकुमारी खड्का र सचिव पविलाल पोखरेललगायतले बधाईसँगै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।