समयमै पाठ्यपुस्तक पु¥याऔं !

देशकै दुर्गम मानिएको कर्णालीमा हरेक वर्ष राज्यको वितरण प्रणाली कमजोर रहेको पाईन्छ । कारण के छ भने राज्यको सर्वोच्च पदमा पुगेका मान्छेले कर्णालीलाई हेर्ने मनस्थिति कमजोर भएकै कारण परिस्थिति सधै प्रतिकुल बन्दै गएको हो । हेपाहा प्रवृत्ति र सधै एउटै चश्माको पावर हेर्दा कर्णालीलाई उप्रेक्षित गरेका कारण अपहेलित हुनु परेको छ । केन्द्रले प्रदेशभरी पाठ्यपुस्तक वितरण गर्न ८९ वटा पुस्तक पसललाई सूचीकृत गरेको छ । तर अझै पनि १०/१२ वटाबाहेक अन्य व्यवसायी पुस्तक खरिद गर्न नआएको कर्णाली केन्द्रका प्रादेशिक कार्यालयको भनाइ छ । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । विक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताव समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताव पुग्ने सम्भावना घटेको हो । कुल २५ हजार सेट किताबमध्ये प्रदेशको गोदाममा १७ हजार किताब थन्किएका छन् । जनक शिक्षाले समयमै किताब छापेर गोदाममा स्टोर गरेपनि किताब लिन बिक्रेता नआउँदा गोदाममै थन्किएको हो ।

\निजी क्षेत्रले पुरानो स्टक देखाउँदै कमिसन बढी दिएर किताब बिक्री गर्दा जनक शिक्षामा किताब खरिद गर्न विक्रेता कम आएको आरोप लगाएको छ । सरकारले कक्षा १ र ५ जनक शिक्षालाई छाप्न लगाएको थियो । सोही किताब निजी क्षेत्रले पनि छापेर कमिसन दिइ बिक्री गरेको जनक शिक्षाको आरोप छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कर्णाली प्रदेश कार्यालयमा पाठ्यपुस्तक बिक्री सुरु भएपनि गोदाममै थन्क्याउनु परेको केन्द्रले जनाएको छ । जिल्लास्थित पुस्तक बिक्रेताले पुस्तक खरिद गर्न नआएका कारण लिमिडेटको गोदाममा पुस्तक थन्किएको छ । हालसम्म ६६ प्रतिशत पनि पुस्तक बिक्री भएको छैन । स्थानीय तहले बिक्रेतालाई रकम दिएर पुस्तक ढुवानी गर्ने गरेको छ । डोल्पामा फागुनमा शैक्षिकसत्र सुरु हुनेगर्दछ । त्यहाँ हालसम्म किताब पुग्न सकेको छैन । जनक शिक्षाले पुस्तक विक्रेतालाई जिल्लाअनुसारको कमिसन उपलब्ध गराउँदै आएको छ ।

मुगु, कालिकोट, जुम्ला, दैलेख, जाजरकोट, सुर्खेत र हुम्लाले सुर्खेतबाट पुस्तक खरिद गर्दै आएका छन् । कर्णालीका पहाडी जिल्लामा पनि बढीमा ६ सयभन्दा बढी किताब गएका छैनन् । पाठ्यपुस्तकका लागि स्थानीय तहहरुले विद्यालयको खातामा रकम नपठाउँदा व्यवसायीले किताब लिन नमानेको केन्द्रले जनाएको छ । सुर्खेतमा पञ्चपुरी र लेकवेंसी नगरपालिकाले मात्र पाठ्यपुस्तकको रकम विद्यालयलाई निकासा दिएका छन् भने हुम्लामा सर्केघाट र सिमकोटमा मात्र रकम गएको छ । जुम्लामा कुनै पनि स्थानीय तहले पाठ्यपुस्तकको रकम निकासा गरेका छैनन् । कर्णालीका ग्रामीण क्षेत्रका विद्यार्थीले वर्षौदेखि पुरानो पुस्तक पढ्नुपर्ने बाध्यता रहेको छ । शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार समयमै पाठ्यपुस्तक पु¥याउन आवश्यक पहल भइरहेको भएपनि स्थानीय तहले विद्यालयलाई समयमै पाठ्यपुस्तकको रकम निकासा नदिँदा पनि समस्या छ । विद्यालयले पनि पुस्तक व्यवसायीलाई रकम दिन सकेका छैनन, अबको एक साताभित्रै सबै विद्यालयमा पुस्तक वितरणको व्यवस्था मिलाउन आग्रह गरिएपनि पुग्न सकेका छैनन् । अब स्थानीय र प्रदेश सरकारको ध्यान पाठ्यपुस्तक समयमै विद्यार्थीको हातमा पुग्ने व्यवस्था मिलाउन तर्फ जानु पर्दछ ।

Translate »