लोकतन्त्र दिवसको अवसरमा सडक सम्वाददेखि दीप प्रज्वलनसम्म


सुर्खेत । गैरसरकारी संस्था महासंघदेखि पत्रकार महासंघसम्मले लोकतन्त्र दिवसको अवसर पारेर सुर्खेतमा सडक सम्वाददेखि दीप प्रज्वलन कार्यक्रम गरेका छन् ।
१९ औं लोकतन्त्र दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशको आयोजनामा आज सुर्खेतको वीरेन्द्रनगरको वीरेन्द्र चोकमा सडक सम्वाददेखि दीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा सुर्खेत स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिसँगै मानव अधिकारकर्मी र राष्ट्रिय उपभोक्ता मञ्चका अधिकारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रतिनिधिहरुले आफ्नो विचारहरु राखेका थिए ।


