जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको छैटौं संस्करण शुरु

जुम्ला । जुम्ला रारामा अल्ट्रा म्याराथन प्रतियोगिताको छैटौं संस्करण शुरु भएको छ ।

सबैभन्दा ठूलो राशीको ५१ किलोमिटर दौड प्रतियोगिताको आज विहान एक कार्यक्रमका वीच शुभारम्भ गरिएको हो । ५१ किलोमिटर प्रतियोगितामा ७४ जना देशी विदेशी खेलाडीहरुले सहभागिता जनाएका छन् ।

जुम्लाको चन्दननाथ मन्दिर अगाडिबाट शुरु भएको दौड खाली पाटन,चौथा, डाव, चुचेमारा हुँदै रारातालको हुटुमा पुगेर सम्पन्न हुनेछ ।

कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीका उनुसार पोल्याण्डका–१, अमेरिकाका–१, फ्रान्सका १, भारतका–२ जना खेलाडीले सहभागिता जनाएका छन् ।

त्यस्तै ५ किमी दौड तर्फ कर्मचारी व्यापारी तर्फ १५५ जना, विद्यार्थी मात्र सहभागी छन भने १० किमी दुरीतर्फ ३५५ जना र त्रिभुवन आर्मीबाट–२ जना गरी कुल ५ सय ९१ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका हुन् ।

Translate »