पुल निर्माणमा ढिलासुस्ती


चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकको सुर्खेत–अछाम जोड्ने कर्णाली नदी माथिको जंगलघाट पक्की पुल निर्माणमा ढिलासुस्ती भईरहेको छ । ठेकेदार कम्पनीहरुको लापरवाहीले पुल जस्ता विकास निर्माणका काममा हुने ढिलासुस्तीले नागरिकलाई सास्ती मात्र होइन, समृद्धिको यात्रालाई नै पछाडी पार्ने गर्दछ । सामारिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याक अन्तर्गत जंगलाघाट पुल महत्वपूर्ण पूर्वाधार हो । जंगलघाटमा पुल बनेमा चिसापानी, बेलखेतको पक्की पुलपछि दुई प्रदेश (कर्णाली–सुदूरपश्चिम) जोड्ने तेस्रो नाकाको रुपमा यो पुल रहने छ । पक्की पुल निर्माणका लागि सामान ढुवानीमा सहजता होस् भनेर अछामतर्फबाट निर्माणस्थलसम्म सडक पु¥याउँदा पनि निर्माण कार्यले गति लिन सकेको छैन् । पक्की पुल निर्माण गर्ने सम्झौता भएको एक वर्ष पूरा भइसकेको छ । अहिलेसम्म २० प्रतिशत काम पनि भएको छैन । चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याक अन्र्तगत कुईने र घाटगाउँमा पक्की पुल निर्माण कार्य सम्पन्न भईसकेका छन् । अब कर्णालीकै जंगलघाटमा पुल निर्माणको काममा भएको ढिलासुस्तीले नागरिक फेरी निराश भएका हुन् ।

अन्तर प्रदेश जोड्ने र ऐतिहासिक अवधारणा बोकेको सडक सञ्चालन हुनुपर्छ भनेर स्थानीय नागरिकले सकेसम्मको सहजीकरण गर्दा समेत निर्माण कार्यले गति नलिनुमा निर्माण ठेकेदारको ढिलासुस्ती स्पष्ट देख्न सकिन्छ । साथै पुलको ठेक्का लगाउनेदेखि पुल निर्माण प्रक्रियाको नियमन, अनुगमन र कार्यान्वयन गर्ने निकायको समेत कमजोरीलाई समेत नजरअन्दाज गर्न सकिदैन् । अहिले जंगलाघाट पुल निर्माणको ढिलासुस्तीमा निर्माण ठेकेदारसँगै सरकारी पक्षको समेत कमजारी तत्काल सच्चाउन नसकिए तोकिएकै समयमा निर्माण सम्पन्न गर्न सकिने छैन् । अहिले झट्ट हेर्दा निर्माणस्थलमा पक्की पुलको प्रक्रिया शुरु भएपनि निर्माण कार्यले गति नलिँदा सरोकारवाला नागरिकमा निरास भएका छन् । अछामको तुर्माखाँद गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका जोड्नलाई कर्णाली नदीमाथि पक्की पुल बनाउन शुरु गरेको एक वर्ष पुग्दा समेत निर्माण कार्यले गति लिन नसक्दा आम नागरिकमा चिन्ता र चाँसो हुनु स्वाभाविकै हो ।
फास्ट ट्¥याकले सुदूरपश्चिमको कैलाली, डोटी, अछाम र बाजुरा तथा कर्णाली प्रदेशका ४ जिल्लाका नागरिकलाई सहज हुनेछ । कर्णाली नदीको तीरैतीर तराईबाट पहाड जोड्ने यो फास्ट ट्¥याक सबैभन्दा छोटो दूरीको राजमार्ग हो । यो फास्ट ट्¥याक पूरा नहुँदा अहिले अछामका बासिन्दाले ३ सय किलोमिटरभन्दा बढी यात्रा गर्दै डडेल्धुरा र डोटी छिचोल्दै अछाम पुग्नुपर्ने बाध्यता छ । अछामसँग जोडिएको बाजुरा, हुम्ला र कालीकोटका अधिकांश भेगमा जान पनि निकै लामो दूरी तय गर्नुपर्छ । चिसापानी–मंगलसेन सडक निर्माण हुनसके यो दूरी २ सय किलोमिटरले छोटो हुनेछ । त्यसैले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका विकास निर्माणका कार्यमा सरकारी पक्षसँगै निर्माण ठेकेदार समेत जिम्मेवार बन्नु पर्दछ । हरेक नागरिकको नियत र निष्ठा सही भएमा मात्र देशको समृद्धिको यात्रालाई गन्तव्यमा पु¥याउन सकिन्छ । जंगलाघाट पुल निर्माण कार्य तोकिएकै समयभित्र सम्पन्न गराउन सबै पक्षको खबरदारी अपरिहार्य बन्दै गईरहेको छ । यसमा नियमन तथा अनुगमनकारी निकायले थप सक्रियता देखाउन अब ढिलाई गर्नु हुँदैन् । जन अपेक्षा अनरुप तोकिएकै समयमा जंगलाघाट पुल निर्माण कार्य सम्पन्न गर्नु पर्दछ ।

