सुर्खेतमा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अण्डर–१६,राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा हुन लागेको प्रतियोगिता बारे आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । प्रतियोगिता यहीं जेठ १९ गतेदेखि ३१ गतेसम्म वीरेन्द्रनगरमा सञ्चालन हुनेछ ।

प्रतियोगिताका संयोजक श्रीधर केसीका अनुसार प्रतियोगितामा ७ वटा प्रदेशबाट ७ वटा टीम सहभागि हुने छन् । जम्मा २१ खेल हुने प्रतियोगिता लिग चरणमा सञ्चालन हुने उनले जानकारी दिए ।

नेपाल क्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले एसियन क्रिकेट काउन्सिलको कार्य तालिका अनुसार आगामी जुनमा हुने एसिसी मेन्स यू–१६ कप २०२५ का लागि नेपाली टिम तयार पार्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

उनले उत्कृष्ट खेल्ने खेलाडीलाई आगामी जुनमा हुने एसिसी मेन्स यु–१६ प्रतियोगिताका लागि छनोट हुने जनाए ।

Translate »