गण्डिकी पदेशमाथि लुम्बिनीको ३ सय ३२ रनको फराकिलो जीत

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन नेपाली क्रिकेटको ईतिहासमा गर्विलो कीर्तिमान कायम भएको छ ।
लुम्विनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गर्दै १६ चौका र १६ छक्काका साथ घरेलु क्रिकेट ईतिहासकै सर्वाधिक २ सय १७ बनाउँदै कीर्तिमान बनाएका हुन् । वीरेन्द्रनगर मैदानमा भएको खेलमा आज लुम्बिनीले गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसँग मिलेर २ सय ४४ रनको बलियो साझेदारी गरेका थिए ।
गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्विनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो । लुम्विनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७/१७ रनको थप्दा ४७ रन बोनस स्वरुप प्राप्त भयो ।

गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिए । ४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुन पुग्यो ।
गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् । लुम्विनीका शुभम् खनालले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए ।