सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै कर्णालीले पहिलो जीत दर्ज ग¥यो

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन आज आयोजक कर्णालीले पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै २ अंक जोड्न सफल भएको छ ।
कालुङचोक मैदानमा भएको दोस्रो खेलमा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माको जिम्मेवारीपूर्ण बलिङकै कारण ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट हुन पुगेको हो । विपिनले आप्mनो धारिलो स्पिन मार्फत ४ ओभर बलिङमा २ ओभर मेडन राख्दै २ रन खर्चिएर ५ विकेट लिन सफल भए ।
सुदूरपश्चिमका विजय बोहराको ३ तथा नवीन न्यौपानेकोे २ विकेट महत्वपूर्ण रह्यो । सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । यस्तै अविरल बिकले ९, आहन थलालले ५ र हिमाल दुयालले २ तथा सचिन भट्टले १ रन बनाए ।

सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो । ५६ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङ थालेको कर्णालीले १८ ओभर ३ बलमा आप्mना ५ विकेट सुरक्ष्ँित राख्दै प्रतियोगिताको पहिलो जीतसहित अंक तालिकामा खाता खोल्न सफल भयो । कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान ९ रन बनाए ।
नवीन न्यौपानेले ७ रन बनाउँदा ओपनर कौस्तुभ खड्काले ४ रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान १ रन बनाए । लगातार दुई हार खेपेको सुदूरपश्चिम भने अंकविहीन छ । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो ।
दोस्रो दिनको खेल सकिंदासम्म एक एक खेल खेलेर समान दुई दुई अंक जोडेकामध्ये कोशी पहिलो र मधेश दोश्रो स्थानमा रहँदा दोश्रो खेलबाट खाता खोलेको कर्णाली तेश्रो क्रममा रहेको छ ।