२०८३ कात्तिक २१ , शुक्रबार
Sky News Nepal
November 7, 2026

डिभिजन वन कार्यालय सुर्खेतद्वारा गरिएका पूर्वाधार निर्माणका कार्यहरु सन्तोषजनक



सुर्खेत । तालुक मन्त्रालयको निर्देशानुसार डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेत सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा जुटेको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मार्फत डिभिजन वन कार्यालय वीरेन्द्रनगर सुर्खेतले चालु आर्थिक वर्ष २०८१/८२ को धार्मिक, सांस्कृतिक, पुरातात्विक सम्पदाको संरक्षणका लागि विनियोजित बजेटबाट निर्माण गरिएका आयोजना कार्यान्वयनको अवस्थाको अनुगमनबाट सन्तोषजनक रहेको पाईएको हो ।

सुर्खेतका सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षणमा डिभिजन वन कार्यालयले गरेका कार्यहरुको मंगलबार अनुगमन गर्न गएको टोलीले काँक्रेविहार मन्दिर परिसरमा पदमार्ग तथा विश्राम स्थल निर्माण कार्य, अलैयाचोर स्थित अँधेरी गुफा संरक्षण कार्य र जर्वुटा डाँडा शान्ति पार्क निर्माण कार्यको अनुगमन गरेको थियो ।

करिब १५ लाखदेखि १ करोड रुपैयाँसम्मका वनसँग सम्बन्धित आयोजना निर्माण कार्यमा जुटेको डिभिजन वन कार्यालयको कार्य सम्मादन सन्तोषजनक रहेको पाईएको अनुगमन टोलीले बताएको छ ।

जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख श्री गंगाराम सुनारको नेतृत्वमा गएको अनुगमन टोलीले सामाजिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय क्षेत्रको संरक्षण मात्र नभई प्रवद्र्धनमा पनि टेवा पु¥याएको पाएको छ ।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख सुनार, उपप्रमुख सचिनकुमार बढुवाल, प्रदेश वन निर्देशनालयका निर्देशक शेरबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति, सुर्खेतका समन्वय अधिकारी मेघनाथ सापकोटा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव खिमानन्द अर्याल, प्रदेश वन निर्देशनालयका डिभिजनल वन अधिकृत गणेश त्रिपाठी, वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष ऋषि गिरी, वडा नम्वर १३, का वडाध्यक्ष दिपेन्द्रराज कोइराला, डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख बसन्तबाबु श्रेष्ठ, सुर्खेत चेम्वर अफ कमर्सका अध्यक्ष चिन्तामणि कँडेल, रेडियो नेपाल र नेपाल टेलिभिजनका सुर्खेत प्रतिनिधि आकाशतारा बयक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत स्मिता बेलबासे, वरिष्ठ वन अधिकृत शेरबहादुर परियार, प्रदेश वन निर्देशनालयका वरिष्ठ वन अधिकृत सूर्यप्रसाद शर्मा, डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत प्रशान्त श्रेष्ठ र वन अधिकृत सुनिलकमल कँडेललगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार
Translate »