मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

यही असार १५० मा मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय स-सना रेक्टर स्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

 

Translate »