

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचौरमा बिषालु च्याउ खाँदा एकै घरका तीन बालबालिका बिरामी परेका छन् । मगबहादुर सिंहका १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह बिरामी परेका हुन् ।

छिमेकी नवराज शर्माका अनुसार सालघारी जङ्गलबाट टिपेर ल्याइएको च्याउ खाएपछि उनीहरू बिरामी परेका हुन् । नगर अस्पताल दल्लीमा तीनै जनाको उपचार भइरहेको अस्पतालका डाक्टर नवीन ध्यारले जानकारी दिए । चिकित्सकहरूले बर्खाको समयमा नचिनिएको च्याउ नखान सुझाव दिएका छन् ।
प्रकाशित मिति : २०८२ असार २५ गते बुधबार










